नेपाली सेनाद्वारा पहिराबाट विस्थापितलाई अस्थायी आवास हस्तान्तरण काठमाडौं। गत वर्ष आएको लिदी पहिराबाट विस्थापितहरूलाई नेपाली सेनाले अस्थायी भवन बनाएर हस्तान्तरण गरेको छ। जुगल गाउँपालिका—१ लिदीमा गत वर्ष साउन ३० गते गएको पहिराबाट विस्थापित दुई सय नौ परिवारमध्ये ३१ घरपरिवारलाई आइतबार सेनाले अस्थायी आवास हस्तान्तरण गरिएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले जानकारी दिए। सेनाले ३१ अस्थायी आवास भवन निर्माण सम्पन्न गरी हस्तान्तरण गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्