इस्लामिक देशको समूहले गर्यो पाकिस्तान प्रशासित कश्मीरको भ्रमण बीबीसी। इस्लामी सहयोग संगठनको एक १२ सदस्यीय प्रतिनिधिमण्डलले पाकिस्तान प्रशासित कश्मीरको भ्रमण गरेको छ। पाकिस्तानी मिडियाका अनुसार सो भ्रमण दलमा स्वतन्त्र स्थायी मानवअधिकार परिषद्का सदस्य पनि सहभागी भएका थिए। उनीहरुलाई जहाजमा पुंछ क्षेत्रको चीकीकूटमा लगिएको थियो। पाकिस्तानी सेनाले उनीहरुलाई पाकिस्तान–भारत सीमा नियन्त्रण रेखाका बारेमा जानकारी गराएको थियो। प्रतिनिधिमण्डलले बमबारीबाट जनतालाई जोगाउन पाकिस्तानी सेनाले बनाएको बंकरको पनि अवलोकन गरेको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्