बेलायती प्रधानमन्त्रीको कार्यालय नजिक भूपु गोर्खाले थाले आमरण अनशन रासस। समान पेन्सनलगायतका माग राखी१७दिनदेखि बेलायती प्रधानमन्त्रीको कार्यालय नजिक रिले अनशन गरेका भूपु गोर्खाले अन्ततःआमरण अनशन थालेका छन्।विभिन्न समयमा नेपाल र बेलायत सरकारलाई विभिन्न माध्यमबाट आफ्ना मागका बारेमा अवगत गराउँदा पनि सुनुवाई नभएपछि आमरण अनसन सुरु गरिएको अनसनरत ज्ञानराज राईले बताए।बेलायत सरकारले वार्ताका लागि मिति तोकेर आधिकारिक पत्र नपठाएसम्म भोक हडताल कायम नै रहने सत्याग्रह संयुक्त सङ्घर्ष समितिले बताएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्