जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघको प्रतिवेदन छिट्टै सार्वजनिक गरिने बीबीसी। संयुक्त राष्ट्रसंघले जलवायु परिवर्तनसम्बन्धि अहिलेसम्मै सबैभन्दा गहन प्रतिवेदन छिट्टै सार्वजनिक गर्ने बताएको छ। प्रतिवेदनले पृथ्वीसम्बन्धी तितो यथार्थ बाहिर ल्याउने विश्वास गरिएको छ। यो प्रतिवेदन राष्ट्रसंघको इन्टरगर्भमेन्टल प्यानल अन क्लाइमेट चेन्ज (आईपीसीसी)ले तयार गरेको छ। १४ हजारभन्दा बढी वैज्ञानिक दस्तावेजको अध्ययन गरी प्रतिवेदन तयार पारिएको बताइएको छ। आगामी दिनमा जलवायु परिवर्तनले पृथ्वीलाई कसरी परिवर्तन गर्छ प्रतिवेदनल छर्लङ्ग पार्नेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्