बाराको कोल्हवी नगरपालिकामा फस्टाउँदै माछा पालन काठमाडौँ। बारा कोल्हवी नगरपालिका वडा ५ माछा गाउँका मत्स्यपालक किसानले वर्षेनि १५ हजार मेट्रिक टन खाने माछा उत्पादन गर्ने गरेका छन्। तीन दशकदेखि गाउँमा विष्णुबहादुर थापाले ६ वटा पोखरी सञ्चालन गरी राम्रो आम्दानी गरेको देखेपछि गाउँमा पोखरी निर्माण गरी व्यावसायिक माछा पाल्न थालिएको छ। हाल गाउँमा करिब ३ सय घरपरिवारले ६ सय पोखरी बनाएर व्यावसायिक माछा पालन गर्दै आएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्