वालिङका २५६ खरका छाना हटाएर लगाए जस्तापाता
काठमाडौं। स्याङ्जाको वालिङ नगरपालिकाले हालसम्म २५६ खरका छाना विस्थापित गरी जस्तापाता लगाइदिएको छ। वालिङ नगरपालिका तथा सङ्घीय आयोजना कार्यान्वयन एकाइ अन्तर्गतको सुरक्षित नागरिक आवास कार्यक्रममार्फत खरका छाना विस्थापित गरी जस्तापाता लगाइएको हो। नगरपालिकाको नीति तथा कार्यक्रम पारित गरेसँगै आर्थिक वर्ष २०७६÷७७ देखि यो कार्यक्रम कार्यान्वयनमा आएको नगर प्रमुख दिलीपप्रताप खाँणले बताए।
प्रतिक्रिया दिनुहोस्