एक करोडको पत्रकार कल्याण कोष बनाउने
काठमाडौं। नेपाल पत्रकार महासंघ १ नं प्रदेश समितिको दोस्रो पूर्ण बैठकले महामारी, विपद् र पत्रकारका समस्यामा प्रयोग गर्न एक करोड रुपैयाँको ‘पत्रकार कल्याण कोष’ बनाउने निर्णय गरेको छ। प्रदेश समितिका अध्यक्ष लीलाबल्लभ घिमिरेको अध्यक्षता र महासङ्घका केन्द्रीय वरिष्ठ उपाध्यक्ष रमेश विष्टको प्रमुख आतिथ्यतामा आइतबार बसेको बैठकले सो निर्णय गरेको हो। उक्त कोषको रकम पत्रकारको हितका लागि प्रयोग गरिने बताइएको छ।
प्रतिक्रिया दिनुहोस्