जापान सरकारद्वारा तीन लाखलाई ठाउँ छोड्न आग्रह
काठमाडौं। जापानका विभिन्न ठाउँमा आँधीको रहेकाले ती ठाउँका बासिन्दालाई अन्यत्र जान सरकारले आग्रह गरेको छ। देशको हिरोसिमा, शिमान र एहिमलगायतका क्षेत्रका तीन लाख २०० भन्दा बढी मानिसलाई ठाउँ छोड्न सरकारले सोमबार आग्रह गरेको हो। आँधीको खतराका कारण जापानी एयरलाइन्सका त्यस क्षेत्रका ६३ ओटा उडान रद्द भएका छन् भने अरू उडान अनिश्चित रहेका छन्।
प्रतिक्रिया दिनुहोस्