अफगानिस्तान हिंसाः रेडियो सम्पादकको हत्या, एक पत्रकारलाई बन्धक बनाइयो काठमाडौं। अफगानिस्तानको पाकटिया घाग रेडियो स्टेसनका प्रधान सम्पादक टोफान ओमारीको आइतबार काबुलको देह सब्ज जिल्लामा हत्या गरिएको स्थानीय प्रशासनले जनाएको छ। उनलाई अफगान लालिवान समूहले हत्या गरेको हुनसक्ने प्रशासनले जनाएको छ। यद्यपि, ओमारीको मृत्युको जिम्मेवारी अहिलेसम्म कुनै पनि समूहले लिएको छैन। यसै गरी उनीहरूले युद्धग्रस्त अफगानिस्तानको हेलमन्ड प्रान्तमा एक टेलिभिजन पत्रकारलाई बन्धक बनाएर लगेको बताइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्