नारायणकाजी श्रेष्ठ विजयी
<p>काठमाडौं। राष्ट्रिय सभा निर्वाचनमा नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ निर्वाचित भएका छन्। </p>
<p>उनी गण्डकी प्रदेशबाट निर्वाचित भएका हुन्। श्रेष्ठसँगै नेकपाकी अर्का उम्मेद्‌वार भगवती न्यौपाने पनि विजयी भएकी छन्।</p>
<p>श्रेष्ठले नेपाली कांग्रेसका सूर्यप्रसाद रेग्मीलाई एक हजार २१८ मतान्तरले जितेका हुन्। श्रेष्ठले तीन हजार ४६२ मत पाउँदा रेग्मीले दुई हजार २४४ मत पाए।</p>
<p>यसैगरी, न्यौपानलेले कांग्रेसकी विमला गौचनलाई एक हजार २६ मतान्तरले जितिन्। न्यौपानेले तीन हजार ३६६ र गौचनले दुई हजार ३४० मत पाएका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्