४१ वर्षे सैनिक सेवाबाट अवकाश पाउनुअघि प्रधानसेनापति थापा आजबाट एक महिने घर बिदामा काठमाडौं। प्रधानसेनापति पूर्णचन्द्र थापा आजबाट एक महिने घर बिदामा बसेका छन्। तीन वर्षे प्रधानसेनापतिको कार्यकाल सकिनु एक महिनाअघि घर बिदामा बस्ने प्रचलनअनुसार उनी आजबाट बिदामा बसेका हुन्। उनको कार्यकाल आगामी भदौ २४ गते पूरा हुँदैछ। ४१ वर्ष लामो सैनिक सेवाबाट उनले त्यसै दिनबाट अवकास पाउनेछन्। प्रधानसेनापति थापाले बिदा बस्नु एकदिन अघि सोमबार बलाधिकृत रथी प्रभुराम शर्मालाई बुझबुझारथ गरेका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्