अफगानिस्तान संघर्षमा तीन दिनमा २७ बालबालिका मारिए बीबीसी।संयुक्त राष्ट्रसंघले अफगानिस्तानमा सुरक्षा फौज र तालिबानबीच चलिरहेको संघर्षमा पछिल्लो तीन दिनमा २७ जना बालबालिका मारिएको बताएको छ।राष्ट्रसंघले बालबालिकामाथि बढ्दो हिंसाप्रति चिन्ता पनि व्यक्त गरेको छ।कान्धाहार,खोस्त र पक्तियामा २७ जना बालबालिका मारिएको र १३६ घाइते भएको राष्ट्रसंघले जनाएको छ।अमेरिकी र नेटो सैनिकले अफगानिस्तान छोड्न थालेपछि तालिबानले आक्रामक बनेको छ।पछिल्लो साता तालिबानले देशको चार वटा प्रान्तीय राजधानी कब्जा गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्