ग्रेटा थनबर्गले फेसन पत्रिकालाई दिएको अन्तर्वार्तामै फेसन उद्योगमाथि नै लगाइन् गम्भीर आरोप एजेन्सी। स्वीडेनकी चर्चित वातावरण अभियन्ता ग्रेटा थनबर्गले चर्चित फेसन पत्रिका वोगलाई दिएको अन्तर्वार्तामा जलवायु परिवर्तनका लागि ठूलो मात्रामा जिम्मेवार फेसन उद्योगको चर्को आलोचना गरेकी छन्। १८ वर्षीय ग्रेटाले अन्तर्वार्तामा फेसन ब्रान्डसका उत्पादन वातावरणमा परिरहेको असरको जिम्मेवार रहेको टिप्पणी गरेकी छन्। एक ट्विटमा उनले केही कम्पनीमाथि आफ्नो कपडालाई पर्यावरण अनुकूल देखाउनका लागि ग्रिनवास विज्ञापन र अभियान चलाएको आरोप लगाएकी छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्