अफगानिस्तानको मजार–ए–शरिफमा रहेका आफ्ना नागरिकलाई स्वदेश फर्किन भारतको आग्रह बीबीसी।भारतले अफगानिस्तानको मजार–ए–शरिफमा रहेका आफ्ना नागरिकलाई तत्काल स्वदेश फर्कन भनेको छ। तालिबान र सुरक्षा फौजबीच संघर्ष चर्किएपछि भारतले आफ्ना नागरिकलाई स्वदेश फर्कन सूचना जारी गरेको हो। मजार–ए–शरिफस्थित भारतीय वाणिज्य दूतावासले आफ्ना नागरिकलाई स्वदेश फर्काउन विशेष विमानको व्यवस्था गरेको छ। अमेरकी र नेटो सेनाले अफगानिस्तान छोड्न थालेपछि तालिबान आक्रामक रुपमा अघि बढेको छ। धेरैजसो स्थानमा सरकारी फौज पराजित भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्