चीनको अदालतले क्यानेडियन नागरिकलाई दिइएको फाँसीको सजाय खारेज गर्न मानेन
बीबीसी।क्यानडेली नागरिक रोबर्ट लयर्ड शेलेनबर्गलाई चीनमा फाँसीको सजाय हुने तय भएको छ।रोबर्टले यसअघि सुनाईएको फाँसीको सजाय खारेजीको माग गर्दै राखेको अपिल चीनको अदालतले खारेज गरेको छ।लागूपदार्थ तस्करीको आरोपमा सन् २०१९ मा चीनको एक अदालतले उनलाई दोषी ठहर गर्दै १५ वर्ष जेल सजाय कम हुने बताएको थियो।त्यसपछि उनलाई फाँसीको सजाय सुनाइएको थियो।चीन र क्यानडाबीच तनाव बढेका बेला यो फैसला आएको हो।
प्रतिक्रिया दिनुहोस्