बेलायती प्रहरीले हटाइदियोे भूपू गोर्खाहरू आमरण अनशन बसेको स्थलको त्रिपाल लण्डन। भूपू गोर्खाहरूले बेलायती प्रधानमन्त्रीको निवास अगाडि शनिबारदेखि थालेको आमरण अनशनमा प्रहरीले हस्तक्षेप गरेको छ। बेलायती कानुनअनुसार सो क्षेत्रमा त्रिपाल राख्न नपाइने भन्दै प्रहरीले हटाइदिएको हो। प्रहरीले त्रिपाल हटाउन खोज्दा अनशनरत समूहले रोक्न खोजेको थियो तर प्रहरीले त्यसको बास्ता नगरी हटाइदिएको थियो। कानुनको बहाना बनाएर बेलायत सरकारले अनशनलाई कमजोर बनाउन खोजेको गोर्खा सत्याग्रह संघर्ष समितिका संयोजक कृष्णबहादुर राईले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्