अघि बढ्यो ग्वार्काेमा ‘फ्लाइओभर’ निर्माण प्रक्रिया काठमाडौं।सरकारको लगानीमा पहिलोपटक ग्वार्काे चोकमा‘फ्लाइओभर’ निर्माणका लागि ठेक्का प्रक्रिया अघि बढाइएको छ।काठमाडौंका बढी व्यस्त सडकमा हुने सवारी जाम कम गर्न सरकारले उपत्यकाका विभिन्न चोकमा ‘फ्लाइओभर’ वा‘अण्डरपास’ निर्माणका लागि अध्ययन गरेकामा पहिलोपटक ग्वार्काेमा निर्माणको प्रक्रिया अघि बढेको हो।‘फ्लाइओभर’ निर्माणका लागि आठ लेनको चक्रपथको बीचको चार लेनलाई माथि उचाल्न लागिएको हो।‘फ्लाइओभर’को जम्मा लम्बाइ झण्डै ५०० मिटर र उचाइ छ मिटर हुनेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्