यस्तो बन्दै छ ग्वार्काे चोकमा ‘फ्लाइओभर’
काठमाडौं।अन्तर्राष्ट्रिय मापदण्डअनुसार ललितपुरको ग्वार्के चोकमा निर्माण गर्न लागिएको‘फ्लाइओभर’को उचाइ ६ मिटर हुनेछ।सडक विभाग गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका अनुसार सुपर स्ट्रक्चर ३५ मिटर हुने ‘फ्लाइओभर’को लम्बाइ ४९० मिटर हुनेछ।बालकुमारी तर्फ २८० मिटर लम्बाइको ‘र्याम’ र सातादोबाटोमा झर्न १७५ मिटर लम्बाइको ‘र्याम’ हुनेछ।मङ्गलबजारबाट इमाडोल वा इमाडोलतर्फबाट मङ्गलबजारतर्फ जाने सवारी साधन ‘फ्लाइओभर’ तलबाट जानेछन् भने माथि चक्रपथतर्फ जाने सवारी साधन चल्नेछन्।
प्रतिक्रिया दिनुहोस्