धनुषा। राष्ट्रिय सभा सदस्यका लागि प्रदेश २ मा भएकाे मतदानमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय जनता पार्टी (राजपा) गठबन्धनका चारै उम्मेदवार विजयी भएका छन्।
नेकपा र राजपाका संयुक्त उम्मेदवार महिला समूहअन्तर्गत तुलसा दाहाल, दलित समूहअन्तर्गत राम राधेश्याम पासवान, अल्पसंख्यक समूहअन्तर्गत शेखरकुमार सिंह र मधेशी समूहअन्तर्गत मृगेन्द्रसिंह यादव विजयी भएका हुन्।
सार्वजनिक गरिएको मतपरिणामअनुसार नेकपाका महिलातर्फका उम्मेदवार तुलसा दाहालले कूल पाँच हजार २०८ मतभार प्राप्त गरेकी छन्। नेपाली कांग्रेसकी उम्मेदवार नगिना यादवले चार हजार ७४० मतभार प्राप्त गरिन्।
यता दलिततर्फ नेकपाका राधेश्यामले पाँच हजार २९२ मतभार प्राप्त गरेका छन् भने समाजवादी पार्टीका रामप्रित पासवानले चार हजार ७०४ मतभार प्राप्त गरेकाे निर्वाचन अधिकृत राजकुमार खतिवडाले जानकारी दिए।
अल्पसंख्यक समूहतर्फ राजपाका शेखरकुमार सिंहले पाँच हजार ५०२ मत प्राप्त गरे भने भोला पंजियारले चार हजार ५१२ मत प्राप्त गरे।
मधेशीतर्फ दाजुभाइबीच नै प्रतिस्पर्धा भएको थियो। दाजु मृगेन्द्र सिंह राजपा उम्मेदवार हुँदै पाँच हजार ४०० मत प्राप्त गरे। समाजवादी पार्टीबाट अनिरुद्र सिंह यादवले चार हजार ५१२ मत पाए।
यहाँ नेकपा–राजपा र नेपाली कांग्रेस–समाजवादी पार्टीले गठबन्धन बनाई उम्मेदवारी दर्ता गराएका थिए।
" /> धनुषा। राष्ट्रिय सभा सदस्यका लागि प्रदेश २ मा भएकाे मतदानमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय जनता पार्टी (राजपा) गठबन्धनका चारै उम्मेदवार विजयी भएका छन्।नेकपा र राजपाका संयुक्त उम्मेदवार महिला समूहअन्तर्गत तुलसा दाहाल, दलित समूहअन्तर्गत राम राधेश्याम पासवान, अल्पसंख्यक समूहअन्तर्गत शेखरकुमार सिंह र मधेशी समूहअन्तर्गत मृगेन्द्रसिंह यादव विजयी भएका हुन्।

">