काठमाडौं। राष्ट्रिय सभामा २० फागुनपछि रिक्त हुने १८ पदका लागि आज भएको निर्वाचनमा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले क्लिन स्वीप गरेको छ।
प्रदेश–२ मा नेकपा–राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) गठबन्धनको तर्फबाट राजपाका दुई जना उम्मेद्वारबाहेक निर्वाचित हुने १६ जना उम्मेद्वार नेकपाका हुन्।
प्रदेश–१ मा नेकपाका गोपी आछामी, इन्दिरा गौतम र देवेन्द्र दाहाल निर्वाचित भए।
आछामी दलिततर्फ, गौतम महिला र दाहाल अन्यतर्फ निर्वाचित भएका हुन्। आछामीले ६ हजार ३३०, गौतमले ६ हजार ४२६ र दाहालले ६ हजार २३४ मतभार पाए।
दलिततर्फ नेपाली कांग्रेस निरबहादुर विकले २ हजार ७१८ र समाजवादी पार्टीका ज्ञानबहादुर परियारले ६६४ मतभार पाए।
अन्यतर्फ कांग्रेसका राजेन्द्र घिमिरेले २ हजार ७६६ र समाजवादी पार्टीका भरतबहादुर दाहालले २६४ मतभार पाएका निर्वाचन आयोगले जनाएको छ।
प्रदेश–२ मा चार सदस्यका लागि भएको निर्वाचनमा नेकपाका दुई र राजपाका दुई उम्मेद्वार निर्वाचित भएका छन्। प्रदेश–२ मा नेकपा–राजपा र कांग्रेस–समाजवादी गठबन्धन थियो।
महिलातर्फ नेकपाकी तुलसाकुमारी दाहाल, दलितर्फ नेकपाकै राधेश्याम पासवान, अपांगता भएको व्यक्ति वा अल्पसंख्यकतर्फ राजपाका शेखरकुमार सिंह र अन्यतर्फ राजपाकै मृगेन्द्रकुमार सिंह यादव निर्वाचित भए।
दाहालले पाँच हजार २०८, पासवानले पाँच हजार २९२, सिंहले पाँच हजार ५०२ र यादवले पाँच हजार ४०० मतभार पाएको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए।
प्रदेश सभा सदस्यको एक मत बराबर ४८ मतभार र स्थानीय तहका प्रमुख/उपप्रमुखको एक मत बराबर १८ मतभार हुने व्यवस्था छ।
बाग्मती प्रदेशमा नेकपाका बेदुराम भुसाल र गंगाकुमारी बेलवासे निर्वाचित भए। भुसालले ६ हजार ८१० र बेलवासेले ६ हजार ८२८ मतभार पाए।
भुसाल अन्यतर्फ र बेलवासे महिलातर्फ निर्वाचित भएका हुन्।
गण्डकी प्रदेशमा नेकपाका नारायणकाजी श्रेष्ठ र भगवती न्यौपाने निर्वाचित भए। श्रेष्ठ नेकपाका सचिवालय सदस्य एवं प्रवक्ता हुन्।
श्रेष्ठले नेपाली कांग्रेसका सूर्यप्रसाद रेग्मीलाई एक हजार २१८ मतभारले पछि पारे। श्रेष्ठले तीन हजार ४६२ मतभार पाउँदा रेग्मीले दुई हजार २४४ मतभार पाएका थिए।
यसैगरी, न्यौपानले कांग्रेसकी विमला गौचनलाई एक हजार २६ मतभारले जितिन्। न्यौपानेले तीन हजार ३६६ र गौचनले दुई हजार ३४० मतभार पाएका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
श्रेष्ठ अन्यतर्फ र न्यौपाने महिलातर्फ निर्वाचित भएका हुन्।
प्रदेश–५ मा नेकपामा जगप्रसाद शर्मा, विमला घिमिरे र गोपाल भट्टराई निर्वाचित भए। शर्मा नेकपा प्रदेश–५ का सचिव समेत हुन्।
शर्माले पाँच हजार ४२४ मतभार पाउँदा घिमिरेले पाँच हजार ७७८ र भट्टराईले पाँच हजार ३८२ मत भार पाए। शर्मा अपांगता भएको व्यक्ति वा अल्पसंख्यकतर्फ, घिमिरे महिलातर्फ र भट्टराई अन्यतर्फ निर्वाचित भएका हुन्।
कर्णाली प्रदेशमा पनि नेकपाका मायाप्रसाद शर्मा र सुमित्रा बिसी निर्वाचित भए। शर्मा नेकपा कर्णाली प्रदेशका सचिव समेत हुन्।
शर्माले तीन हजार ६४८ र बिसीले तीन हजार ६८४ मतभार प्राप्त गरेका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। १९८ जना मतदाता रहेको कर्णालीमा १९५ मत खसेको थियो। दुई मत बदर भएको थियो।
शर्माले कांग्रेस उम्मेद्वार डिल्लीराज पाठक र बिसीले कांग्रेसकै गणेशकुमारी बस्नेतलाई पराजित गरे। पाठक र बस्नेतले समान एक हजार २६ मतभार प्राप्त गरेका थिए।
शर्मा अन्यतर्फ र बिसी महिलातर्फ निर्वाचित भएका हुन्।
यस्तै, सुदूरपश्चिम प्रदेशमा पनि नेकपाकै उम्मेद्वार विजयी भए। महिलातर्फ शारदादेवी भट्ट र अन्यतर्फ तारामान स्वांर निर्वाचित भए। भट्टले ३ हजार ७३८ र स्वांरले ३ हजार ७२० मतभार पाए।

आयोगले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको भन्दै मतदाता, उम्मेद्वार, राजनीतिकर्मी, निर्वाचनमा संलग्न कर्मचारी, सुरक्षाकर्मी लगायतलाई धन्यवाद भनेको छ।
" /> काठमाडौं। राष्ट्रिय सभामा २० फागुनपछि रिक्त हुने १८ पदका लागि आज भएको निर्वाचनमा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले क्लिन स्वीप गरेको छ।प्रदेश–२ मा नेकपा–राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) गठबन्धनको तर्फबाट राजपाका दुई जना उम्मेद्वारबाहेक निर्वाचित हुने १६ जना उम्मेद्वार नेकपाका हुन्।

">