साउदीलाई हतियार बेचेर क्यानडाले अन्तर्राष्ट्रिय कानुनको उल्लंघन गर्यो : एम्नेस्टी इन्टरनेसनल
अलजजिरा।क्यानडामाथि साउदी अरबलाई हतियार बेचेर अन्तर्राष्ट्रिय कानुनको उल्लंघन गरेको आरोप लगाइएको छ। यो आरोप अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्था एम्नेस्टी इन्टरनेसनलले लगाएको हो। एम्नेस्टीले बुधबार सार्वजनिक गरेको नयाँ प्रतिवेदनमा साउदीलाई हतियार बेच्न तत्काल बन्द गर्न पनि क्यानडासँग आग्रह गरिएको छ। क्यानडाले ‘हतियार व्यापार सन्धि’ (एटीटी) को उल्लंघन गरेको प्रतिवेदनमा उल्लेख छ। सन् २०१० बाट क्यानडा उक्त सन्धिको पक्षधर रहँदै आएको छ।
प्रतिक्रिया दिनुहोस्