हिमाञ्चल भूस्खलनः पहिरोबाट निकालियो १३ जनाको शब एजेन्सी।भारतको हिमाञ्चल प्रदेशको किन्नौर जिल्लाको भावापुरमा एउटा पहाडी क्षेत्रबाट भएको भूस्खलनमा परी थुप्रै सवारी साधान पुरिएका छन्।यो दुर्घटनामा परेका १३ जनाको शब निकालिएको छ भने अन्य १३ जना घाइते भएका छन्।घाइतेमध्ये २ जनाको अवस्था गम्भीर छ।एनएच–०५ ज्युरी रोडमा अचानक पहाड खस्दा सो घटना भएको हो। हिमाञ्चलका मुख्यमन्त्री जयराम ठाकुरले भूस्खलनमा परेकाहरुलाई सुरक्षित निकाल्ने हरसम्भव कोशिस भइरहेको बताएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्