भुपूगोर्खा आन्दोलनमा प्रहरी दमन मानवअधिकारको हनन् : एनआरएनए
काठमाडौं। बेलायती प्रधानमन्त्री कार्यालयअघि आमरण अनसन बसेका भुपूगोर्खामाथि भएको प्रहरी दमनको गैरआवासीय नेपाली संघ(एनआरएनए) ले भत्र्सना गरेको छ। संघका उपाध्यक्ष डा.बद्री केसीले भिडियो सन्देशमार्फत् अनसनमा बसेका भूपुगोर्खामाथि भएको प्रहरी दमन मानवअधिकारको हनन भएको बताएका छन् । उनले गोर्खाहरुको रगत र बहादुरीले बेलायती साम्राज्य संसारभरी फैलिएको बताउँदै समान पेन्सन र अधिकारका लागि लडिरहेका भुपूगोर्खाहरुको आन्दोलनप्रति ऐक्यबद्धता जनाएका छन्।
प्रतिक्रिया दिनुहोस्