रत्ननगर। सौराहाका व्यवसायीले सौराहाबाहिरका चितवनका पर्यटकीय सात स्थानलाई समेटेर ‘सेभेन पोइन्ट टूर प्याकेज’ तयार पारेका छन्।
‘सेभेन पोइन्ट टुर प्याकेज’ मा सौराहाको राष्ट्रिय प्रकृति संरक्षण कोष र त्यहाँ रहेका जङ्गली अखेटोपहारको सङ्ग्रहालय, बछ्यौलीको थारू सांस्कृतिक सङ्ग्रहालय, चित्रसारीको चित्रसेन बाबा मन्दिर, रत्ननगर जिरौनाको कृष्ण प्रणामी मन्दिर (धर्मधाम), भरतपुरको तीनखोले गुम्बा, देवघाटधाममा रहेको गलेश्वर आश्रम र नारायणी नदी किनार छन्।
जङ्गल सफारीमा मात्रै सीमित देशकै तेस्रो पर्यटकीय गन्तव्यमा 'नेपाल भ्रमण वर्ष २०२०' लाई केन्द्रित गर्दै तयार उक्त नयाँ प्याकेज ल्याइएको हो।
यसलाई व्यवसायीले सौराहाको ‘न्यू प्रोडक्ट’ का रूपमा लिएको बताएका छन्। व्यवसायीको संस्था क्षेत्रीय होटल सङ्घ सौराहाले यसको नेतृत्व लिएको छ।
‘सेभेन पोइन्ट टूर प्याकेज’को चर्चा धेरै अघिदेखि हुँदै आए पनि अहिले यसलाई कार्यान्वयनमा ल्याएको क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दीपक भट्टराईले बताए।
भ्रमण वर्षमा नेपाल घुम्न आउने पर्यटकलाई चितवनमा जङ्गल सफारी मात्रै नभई अन्य धार्मिक र सांस्कृतिक कार्यक्रम पनि छन् भन्ने देखाउनु उद्देश्य रहेको उनको भनाइ छ।
सौराहाको पर्यटन साढे चार दशक वर्षदेखि जङ्गल सफारीमा मात्रै निर्भर थियो।
नयाँ प्याकेजसँगै सौराहा आउने पर्यटकहरु धार्मिक र सांस्कृतिक क्षेत्रबारे पनि परिचित हुने आजको गोरखापत्रमा समाचार छ।
"अब निकुञ्ज घुम्न आउने पर्यटकलाई जङ्गल सफारीसँगै धार्मिक र सांस्कृतिक स्थानको पनि भ्रमण गराएर नयाँ पहिचान दिन खोजिएको हो", क्षेत्रीय होटल संघ सौराहाका पूर्वअध्यक्ष सुमन घिमिरेले भने, “सातवटा महत्वपूर्ण स्थललाई समेटेर नयाँ पर्यटकीय गन्तव्यको घोषणा गरिएसँगै जिल्लाभित्र आउने पर्यटकको सङ्ख्या पनि बढ्ने अपेक्षा गरेका छौँ। ”
" /> रत्ननगर। सौराहाका व्यवसायीले सौराहाबाहिरका चितवनका पर्यटकीय सात स्थानलाई समेटेर ‘सेभेन पोइन्ट टूर प्याकेज’ तयार पारेका छन्।‘सेभेन पोइन्ट टुर प्याकेज’ मा सौराहाको राष्ट्रिय प्रकृति संरक्षण कोष र त्यहाँ रहेका जङ्गली अखेटोपहारको सङ्ग्रहालय, बछ्यौलीको थारू सांस्कृतिक सङ्ग्रहालय, चित्रसारीको चित्रसेन बाबा मन्दिर, रत्ननगर जिरौनाको कृष्ण प्रणामी मन्दिर (धर्मधाम), भरतपुरको तीनखोले गुम्बा, देवघाटधाममा रहेको गलेश्वर आश्रम र नारायणी नदी किनार छन्।

">