आजदेखि ८ बजेपछि सार्वजनिक सवारी चल्न नपाउने काठमाडौं। जिल्ला प्रशासन कार्यालयले आजदेखि राती ८ बजेदेखि सार्वजनिक र निजी सवारी साधन चल्न नदिने भएको छ। काठमाडौं उपत्यकाका तीन वटा जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले यस्तो निर्णय गरेको हो। जसअनुसार, आजदेखि थप १२ दिनका लागि थपिएको निषेधाज्ञामा रातीको समयमा सवारी चल्न नपाउने भएको हो। जिल्ला प्रशासनले २८ भदौदेखि ८ गतेसम्मलाई निषेधाज्ञा थप्ने निर्णय गरिसकेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्