शिक्षक महासंघले भोलि बालुवाटारमा धर्ना दिने काठमाडौं। नेपाल शिक्षक महासंघले भोलि प्रधानमन्त्री निवास बालुवाटारमा धर्ना दिने भएको छ। ३४ सूत्रीय माग राखी २० वैशाख देखि आन्दोलनरत महासंघले बिहान १०देखि १ बजेसम्म प्रधानमन्त्री निवासमा धर्ना दिन लागेको महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीले बताए। यसअघि महासंघले माइतीघरमा अनशनका साथै स्थानीय तह प्रमुख, जिल्लाका शिक्षा इकाई प्रमुख, प्रदेशका मुख्यमन्त्री कार्यालय र शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा धर्ना दिएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्