अफगानिस्तानको दोस्रो ठूलो सहर कान्दाहार कब्जा गरेको तालिबानको दाबी अलजजिरा।तालिबानले अफगानिस्तानको दोस्रो ठूलो सहर कान्दाहार कब्जा गरेको दाबी गरेका छन्।योसँगै तालिबानले अफगानिस्तानका १२ वटा प्रान्तीय राजधानी कब्जा गरेका छन्।केही घण्टाअघि मात्र तालिबानले हेरात सहर कब्जा गरेका थिए जुन अफगानिस्तानको तेस्रो ठूलो सहर हो।प्रमुख दुई सहर कब्जा गरेर तालिबानले अफगानी सुरक्षा फौजलाई ठूलो धक्का दिएको छ।समाचार संस्था एसोसियट प्रेसका अनुसार तालिबानले कान्दाहारका सम्पूर्ण सरकारी भवन आफ्ना नियन्त्रणमा लिएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्