भारतले थाल्यो अफगानिस्तानबाट आफ्ना नागरिकको उद्दार प्रक्रिया बीबीसी। अफगानिस्तानको काबुलस्थित भारतीय दूतावासले एक ‘एड्भाइजरी’ जारी गर्दै आफ्ना नागरिकलाई आफ्नो नाम दूतावासको वेबसाइटमा दर्ता गर्न भनेको छ। प्रमुख सहरहरु कब्जा गर्दै तालिबान काबुलतर्फ अघि बढेपछि भारतले आपत्कालीन उद्धारको लागि आफ्ना नागरिकको नाम संकलन सुरु गरेको हो। गत महिना भारतीय फोटो पत्रकार दानिश सिद्दीकीको अफगानिस्तानमा तालिबानले हत्या गरेका थिए। भारतले पत्रकारहरुलाई विशेष सावधानी अपनाउन समेत भनेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्