शिक्षक महासंघले बालुवाटारमा धर्ना दिँदै काठमाडौं। नेपाल शिक्षक महासंघले भोलि प्रधानमन्त्री निवास बालुवाटारमा धर्ना दिँदैछ। ३४ सुत्रीय माग राखी वैशाख २० गते देखि आन्दोलनरत महासंघले अहिले बिहान १० बजेदेखि १ बजेसम्म प्रधानमन्त्री निवासमा धर्ना दिन लागेको एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष शंकर अधिकारीले जानकारी दिए। करिब एक हजार शिक्षक कर्मचारीहरुले टंगाल मावि टंगालमा भेलाभई नारावाजीसहित बालुवाटार पुगेर धर्ना दिन लागिएको उनले जानकारी दिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्