बाइडेन सरकारको आशंकाः एक महिनाभित्र काबुलमा तालिबानको कब्जा हुनसक्छ
एजेन्सी। अमेरिकाको बाइडेन सरकारले एक महिनाभित्रमा काबुलमाथि पनि तालिबानको कब्जा हुनसक्ने आशंका व्यक्त गरेको छ। आगामी महिना दिनभित्रमा काबुलमाथि तालिबानको कब्जा हुने र अफगानको सत्ता पनि ढल्न सक्ने आशंका अमेरिकाले व्यक्त गरेको हो। योसँगै अमेरिकाले अफगानिस्तानमा रहेका आफ्ना नागरिकलाई देश फिर्ता बोलाउने प्रक्रिया पनि चालिसकेको छ। त्यसबाहेक अमेरिकाले आफ्ना ३ हजार सैनिकलाई अस्थायी समयका लागि अफगानिस्तान पठाएको पनि छ।
प्रतिक्रिया दिनुहोस्