कुकुरलाई बन्ध्याकरणसँगै जुकाको औषधि !

दमौली। तनहुँका सडकमा रहेका कुकुरको बन्ध्याकरण गरिएको छ।

भेटेरीनरी अस्पताल तथा पशु विज्ञ केन्द्र तनहुँले सडकमा रहेका २३ वटा कुकुरलाई समातेर बन्ध्याकरण गरेको छ।

ती कुकुरलाई रेबिज, छालाको रोगविरुद्धको सुई तथा जुकाको औषधि पनि खुवाइएको केन्द्रका प्रमुख डा. बालकुमार श्रेष्ठले जानकारी दिए।

बेवारिसे कुकुरको संख्या बढ्दै गएपछि प्रजनन दर नियन्त्रणका लागि दमौली बजारका कुकुरलाई समातेर बन्ध्याकरण गरिएको हो।

विज्ञ केन्द्र र व्यास नगरपालिकाले संयुक्तरुपमा ९ माघदेखि भोलिसम्म कुकुरका लागि स्वास्थय शिविर आयोजना गरेका छन्।

“बेवारिसे कुकुरको संख्या बढ्दै जाँदा बजार क्षेत्रमा बढी होहल्ला हुने र कुकुरको टोकाइले रेबिज रोगको संक्रमण हुने खतरा भएकाले कुकुरलाई स्थायी बन्ध्याकरणका साथै रेबिजविरुद्धको सुई लगाइएको हो”, श्रेष्ठले भने।

कुकुरको लागि राखिएको शिविरमा विज्ञ केन्द्रका तीन र पोखराबाट तीन विज्ञ पशु चिकित्सक खटिएका छन्।

बजार क्षेत्रमा कुकुर देखिए खबर गरिदिन विज्ञ केन्द्रले नगरवासीलाई आग्रह गरेको छ। रासस

प्रतिक्रिया दिनुहोस्