हाइटीमा ७.२ म्याग्निच्युडको भूकम्प जाँदा ३०४ जनाको मृत्यु सीएनएन।हाइटीमा ७.२ म्याग्निच्युडको भूकम्प जाँदा ३०४ जनाको मृत्यु भएको छ। प्रधानमन्त्री एरियल हेनरीले देशमा अहिले आपतकाल घोषणा गरेका छन्। भूकम्प स्थानीय समयअनुसार शनिबार बिहान गएको थियो। भूकम्पले संरचनाहरु भत्केर किच्दा मानिसहरुको मृत्यु भएको हो। घरहरु भत्किदा किचिएर १ हजार ८ सयभन्दा बढी घाइते भएका छन्। कोरोना महामारीसँग जुधिरहेको हाइटमा भूकम्पका घाइतेहरुलाई उपचार गर्ने स्थानको समेत अभाव भएको जनाइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्