अफगानिस्तानमा आप्रवासी असुरक्षित, १६ वर्षमा १५ हजार बढी नेपाली अफगानिस्तानमा काठमाडौं।अफगानिस्तानमा तालिबान लडाकुहरुले प्रान्तीय राजधानीहरु कब्जा गर्दै राजधानी काबुलतर्फ अघि बढिरहँदा त्यहाँ रहेका आप्रवासी कामदारहरु असुरक्षित बनेका छन्।वैदेशिक रोजगार विभागको तथ्याङ्कअनुसार पछिल्लो १६ वर्ष (आ.व.२०६२/६३–आ.व.२०७७/७८)मा नेपालबाट वैधानिक तरिकाले अफगानिस्तान काम गर्न जानेको संख्या १५ हजार २३२ छ।विभागसँग श्रम स्वीकृति नलिई अफगानिस्तान जानेको संख्या योभन्दा ठूलो छ।यीमध्ये कति त्यहाँ कार्यरत छन् र कति नेपाल फर्किसके भन्ने तथ्याङ्क नेपाल सरकारसँग छैन।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्