अफगानिस्तानमा एक हजार देखि १२ सयसम्म नेपाली रहेको अनुमान, उद्दारको पहल गरिंदै काठमाडौं।अफगानिस्तानसमेत हेर्ने नयाँदिल्लीस्थित नेपाली दूतावासले काबुलमा हाल एक हजार देखि १२ सयसम्म नेपाली रहेको तथ्याङ्क निकालेको छ।दूतावास उच्च स्रोतले देखापढीसँग भन्यो,“विभिन्न नियोगबाट प्राप्त जानकारीअुनसार काबुलमा एक हजारदेखि १२ सयसम्म नेपाली रहेको तथ्याङ्क प्राप्त भएको छ।यसैलाई आधार मानेर उद्धारको लागि पहल गरिँदै छ।”श्रम स्वीकृति लिएकामध्ये कति त्यहाँ काम गर्दैछन्,कति फर्किसके भन्ने डेटा नहुँदा उद्दार योजना बनाउन कठिन भएको उनले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्