दूतावास र कूटनीतिज्ञलाई निशाना बनाउँदैनौं : तालिबान प्रवक्ता शाहिन एजेन्सी।तालिबान समूहका प्रवक्ता मोहम्मद सुहेल शाहिनले अफगानिस्तानमा रहेका विभिन्न देशका कूटनीतिक नियोग र त्यहाँ कार्यरत कूटनीतिक कर्मचारीलाई आफूहरुले निशाना नबनाउने स्पष्ट पारेका छन्।पत्रकार सम्मेलनमा बोल्दै उनले लडाकूहरुलाई यस्तो निर्देशन दिइसकेको बताए।अमेरिका,बेलायतलगायत विभिन्न देशले काबुलमा रहेको आफ्ना दूतावास बन्द गर्ने घोषणा गरिरहेका बेला तालिबान प्रवक्ताबाट यस्तो आश्वासन आएको हो। “दूतावास र कूटनीतिज्ञलाई कुनै खतरा हुनेछैन, यो हाम्रो प्रतिबद्धता हो”,शाहिनले भने।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्