राजधानी काबुल छिरे तालिबान लडाकु, शान्तिपूर्ण सत्ता हस्तान्तरण गर्ने तयारी एजेन्सी। अफगानिस्तानमा तालिबान लडाकुहरू राजधानी काबुललाई चारैतिरबाट घेराबन्दी गरेका छन्। राजधानीको सबैतिरबाट छिरे पनि तालिबान समूहले काबुलमा हिंसा नगर्न र बाहिरिन चाहनेलाई सुरक्षित रूपमा निस्किन दिने बताएको छ ।यसैबीच अफगानिस्तानका गृहमन्त्री अब्दुल सत्तार मिर्जाक्वानले सङ्क्रमणकालीन सरकारको लागि शान्तिपूर्ण रूपमा तालिबानलाई सत्ता हस्तान्तरण हुने बताएका छन्। तालिबानले आफ्ना लडाकुलाई काबुलको गेटमा रोकेको वक्तव्य जारी गरेसँगै गृहमन्त्री मिर्जाक्जवालले यस्तो बताएका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्