देश छोडेर भागेपछि अफगानि राष्ट्रपतिको स्पष्टोक्ति– रक्तपात रोक्न देश छोडें बीबीसी।तालिबानले राजधानी काबुल कब्जामा लिएपछि अफगानिस्तानका राष्ट्रपति अशरफ गनी देश छोडेर भागे।त्यसपछि उनले फेसबुकमार्फत आफूले देश छोड्नुको कारण बताए,“रक्तपात रोक्न देश छोडें।”आफूले देश नछोडेको भए लाखौं जनताको जीवन खतरामा पर्ने उनले जनाएका छन्।कठिन अवस्थामा सही निर्णय लिएको दाबी उनले गरेका छन्।तालिबानले बन्दुक र तरबारको त्रास देखाएर जीत हात पारेको बताउँदै गनीले भनेका छन्,“उनीहरुले अफगानी जनताको मन जित्न सक्ने छैनन्।”
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्