अफगान केन्द्रीय बैंकको सम्पत्तिको ठूलो हिस्सा देशमा छैन, अब के होला ? सीएनएन।तालिबानले आइतबार अफगानिस्तानको राजधानी काबुल कब्जा गरेपछि अब अफगानी केन्द्रीय बैंक,दा अफगानिस्तान बैंक र अन्य बैंकमा रहेको सम्पत्ति के हुने भन्ने सवाल उठेको छ।के अब ती बैंकमा रहेको सम्पत्ति तालिबानको हातमा जान्छ?एक उच्च अमेरिकी अधिकारीका अनुसार ती बैंकको सम्पत्तिको ठूलो हिस्सा अफगानिस्तानमा नभई अमेरिकामा छ।अमेरिकी प्रशासनले हिजो नै अफगानिस्तानको सम्पत्ति जो अमेरिकामा छ त्यो तालिबानलाई नदिने घोषणा गरिसकेका छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्