"> राष्ट्र बैंकले जारी गर्‍याे ४० करोडको वैदेशिक रोजगार बचतपत्र, १० प्रतिशत ब्याज पाइने: Dekhapadhi
राष्ट्र बैंकले जारी गर्‍याे ४० करोडको वैदेशिक रोजगार बचतपत्र, १० प्रतिशत ब्याज पाइने
काठमाडौं। नेपाल राष्ट्र बैंकले विदेशमा रहेका नेपालीलाई लक्षित गरेर ४० करोडको रूपैयाँको ‘वैदेशिक रोजगार बचतपत्र’ बिक्री खुला गरेको छ। राष्ट्र बैंकले आज बचतपत्र जारी गरेको हो।

राष्ट्र बैंकले प्रकाशन गरेको सूचनाअनुसार वैदेशिक रोजगारीमा रहेका, वैदेशिक रोजगारीबाट फर्किएको ६ महीना नकटेका र गैरआवासीय नेपालीले उक्त बचतपत्र खरीद गर्न पाउनेछन्। उनीहरूले आफू र आफ्नो परिवारका सदस्य बुबाआमा, श्रीमान श्रीमती र छोराछोरीको नाममा बचतपत्र किन्न सक्ने राष्ट्र बैंकको सूचनामा उल्लेख गरिएको छ।

बचतपत्र खरिदका लागि आगामी २१ चैतसम्म राष्ट्र बैंकमा आवेदन बुझाउनुपर्छ। खरीद गरेकै दिनबाट बचतपत्रको ब्याज पाइने राष्ट्र बैंकले सूचनामा उल्लेख गरेको छ। यसरी खरीद गरिएको बचतपत्रको भुक्तानी २७ चैत २०८१ भित्र दिइसक्ने राष्ट्र बैंकले बताएको छ।

कम्तीमा १० हजार रूपैयाँ र बढीमा ४० करोड रूपैयाँसम्म किन्न पाइनेछ। बचतपत्रको वार्षिक ब्याजदर १० प्रतिशत दिइने राष्ट्र बैंकले बताएको छ। यस्तो ब्याज हरेक ६ महीनामा भुक्तानी गरिने उक्त सूचनामा उल्लेख छ। यस्तो ब्याजदरमा कर भने तिर्नुपर्छ। बचतपत्रको ब्याज खरीदकर्ता आफैंले वा इच्छाइएको व्यक्तिमार्फत् भुक्तानी लिन पनि सकिनेछ।

बचतपत्र किनेकै दिनदेखि ब्याज पाइन्छ। बचतपत्र किन्न पासपोर्ट, भिसा, कार्यरत कम्पनीको आधिकारिक परिचयपत्र र दुई प्रति फोटो चाहिन्छ। बचतपत्र किन्नका लागि सिटिजन्स बैंक, नबिल बैंक, माछापुच्छे, प्रभु, सनराइज, सिद्धार्थ, सानिमा र सेन्चुरी बैंकमार्फत फारम बुझाउन सकिन्छ।

यस्तै, प्रभु मनी ट्रान्सफर, सेवा रेमिट र सिटी एक्सप्रेसबाट पनि बचतपत्र खरिदका लागि आवेदन बुझाउन सकिने राष्ट्र बैंकले जनाएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्