नेपाल भन्छन, ओलीसँगको कित्ता ‘क्लियर’ भयो नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग आफ्नो कित्ता क्लियर भएको बताएका छन्। चन्द्रागिरीमा सञ्चारकर्मीहरुसँग कुरा उनले आगामी दिनमा अन्य वामपन्थी पार्टीहरुसँग चुनावी तालमेल गर्न तयार रहेको बताए। उनले भने,‘चाहे वार्तामा जुट्नुभएका कमरेडहरु हुनुहोस्। सबै मिलेर हामी एकतावद्ध भएर जाने कोसिसमा छौँ। अब केपीको कित्ता एकातिर भएको छ र अर्को क्रान्तिकारी कित्ता अर्कोतिर भएको छ।’
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्