पार्टी दर्ता भयो, अब ‘बहुल राष्ट्रिय राज्य’को विचार लिएर जनतामा जान्छौं– राजेन्द्र महतो
काठमाडौं। लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता राजेन्द्र महतोले निर्वाचन आयोगले दल दर्ता गरिदिएकाले अब ‘बहुल राष्ट्रिय राज्य’को विचार लिएर जनतामा जाने बताएका छन्। आयोगमा ३७ प्रतिशत सांसद(१४ जना)र ३३ प्रतिशत कार्यकारिणी समिति सदस्य(१७ जना)को सनाखत भएर दल दर्ता भएको भन्दै महतोले मुद्दा मिले सहकारमा सहभागी हुन सकिने बताए।
प्रतिक्रिया दिनुहोस्