काठमाडौं। ४४ वर्षअघि सरकारको पूर्ण स्वामित्वमा स्थापित हेटौंडा सिमेन्ट उद्योगले केही वर्ष अघिदेखि नाफा कमाउन थालेको थियो।

सरकारका कैयौं संस्थान निरन्तर घाटामा चलिरहेका बेला यो आफैंमा सुखद समाचार थियो। तर, यस्तो सुखद समाचार धेरै टिकेन। अहिले उद्योग घाटामा मात्र होइन, अस्तित्वकै संकटमा परेको छ।

गत वर्षदेखि घाटामा जान थालेको हेटौंडा सिमेन्ट उद्योगबाट उत्पादित सिमेन्ट अब विक्री हुनसमेत छाडेको छ। २०७२ सालको भारतीय नाकाबन्दीका बेला कोइला र इन्धन अभावमा पाँच महीना बन्द हुँदा पनि नाफा कमाएको उद्योगले गत आर्थिक वर्षमा उल्टो एक करोड घाटा व्यहोर्‍यो।

नाफा र घाटाको कथा
निरन्तर घाटामा रहेको हेटौंडा सिमेन्ट उद्योगले प्रेमशंकर सिंह महाप्रबन्धक भएर गएपछि नाफा कमाउन शुरू गरेको थियो। सरकारी लगानी र संरक्षणका उद्योग धमाधम घाटामा गएको बेला हेटौंडा सिमेन्टले नाफा कमाउन थालेपछि सिंहले सबैतिरबाट स्याबासी पाएका थिए।

सिंह नै अहिले दोस्रो कार्यकाल महाप्रबन्धकको जिम्मेवारीमा छन्। उद्योगको शेयर पूँजी १५० करोड रहेको छ भने चुक्ता पूँजी ९० करोड ७८ लाख रूपैयाँ छ।

आर्थिक वर्ष २०६९/७० मा ९५ लाख ४६ हजार र २०७०/७१  मा ३ करोड ४२ लाख २८ हजार घाटामा सञ्चालन भएको उद्योगले त्यसपछिका लगातार तीन वर्ष नाफा कमाएको थियो।

२०७१/७२ मा ५ करोड ३२  लाख ४७ हजार, २०७२/७३ मा ४ करोड ६५ लाख ५१ हजार र २०७३/७४ मा १५ करोड ४९ लाख ५ हजार रूपैयाँ नाफा कमायो। तर, गत वर्षदेखि यसको ओरालो यात्रा शुरू भयो।

हेटौंडा सिमेन्ट उद्योगबाट उत्पादित सिमेन्ट बजारमा विक्री हुन छाडेकाले घाटामा गएको महाप्रबन्धक सिंह बताउँछन्।

यसको प्रमुख कारण हो, निजी क्षेत्रका कम्पनीले धेरै कमिसन दिने र हेटौंडा सिमेन्टले दिने कमिसन थोरै हुने हुँदा डिलरहरूले यसको सिमेन्ट बेच्दैनन्। त्यसमाथि हेटौंडा सिमेन्ट उद्योगबाट उत्पादित सिमेन्टको लागत धेरै छ। डिलरलाई कमिसन पनि धेरै दिँदा सिमेन्टको मूल्य झन् बढ्छ। प्रतिस्पर्धी कम्पनीको सिमेन्ट भन्दा महङ्गो मूल्य राख्दा हेटौंडा सिमेन्ट झन् विक्री हुन सक्दैन।

महाप्रबन्धक सिंहले देखापढीसँग भने, “बजारमा एक ट्रक हेटौंडा सिमेन्ट खोज्दा पाइन्छ। तर, एक बोरा किन्न खोज्दा कहीँ पाइदैन।”

डिलरहरूले हेटौंडा सिमेन्टको स्टक राख्नै छाडेका छन्। खरीदकर्ताले ठूलो परिमाणमा उक्त सिमेन्टको माग गरेमा उद्योगबाट मगाएर सिधै ग्राहककोमा पुर्‍याइदिने गर्छन। त्यसो हुँदा थोरै मात्रामा सिमेन्ट किन्न खोज्ने ग्राहकले यो सिमेन्ट नै पाउँदैनन्।

अहिले हेटौंडा सिमेन्ट उद्योगमा ४० करोड रूपैयाँ बराबरको सिमेन्ट र क्लिङ्कर स्टक रहेको सिंहले बताए। बजारमा विक्री नै हुन छाडेकाले उद्योगमा ठूलो मात्रामा सिमेन्ट थन्किएर बसेको उनको भनाइ छ।

थपिँदै गएका निजी क्षेत्रका उद्योगसँग प्रविधिमा प्रतिस्पर्धा गर्न नसक्दा हेटौंडा सिमेन्ट उद्योग जीवन–मरणको दोसाँधमा पुगेको हो। “उद्योगमा अहिले पनि ४० वर्ष पुरानो प्रविधि छ। पुरानो प्रविधिको कारण उत्पादन लागत बढेको छ। त्यसको असर सिमेन्टको मूल्यमा परेकाले बजारमा सिमेन्ट विक्री नै हुँदैन”, महाप्रबन्धक सिंह भन्छन्, “अहिले उद्योग बचाउनको लागि मात्र संघर्ष गरिरहेका छौं।”

अहिले सिमेन्टको उत्पादन लागत नै ६०० रूपैयाँ प्रतिबोरा रहेको सिंहले बताए। अहिले बजारमा सिमेन्ट विक्री हुँदा प्रतिबोरा १५ रूपैयाँ नाफा हुन्छ तर, सिमेन्ट विक्री हुनै छाडेकाले उत्पादन लागतमै सिमेन्ट विक्री गर्न लागिएको सिंह बताउँछन्।

सिमेन्ट उद्योग प्रतिस्पर्धी हुनको लागि दैनिक कम्तीमा तीन हजार मेट्रिक टन सिमेन्ट उत्पादन गर्न सक्ने प्लान्ट आवश्यक हुन्छ। हेटौंडा सिमेन्ट उद्योगको उत्पादन क्षमता दैनिक ७५० मेट्रिक टन छ। तर, उद्योगले अहिले ६५० मेट्रिक टन मात्र उत्पादन गरिरहेको छ।

हेटौंडा सिमेन्ट उद्योगको प्लान्ट सञ्चालन गर्न आवश्यक कोइला र इन्धन विदेशबाट आयात गर्नुपर्छ। त्यसैगरी, सिमेन्टको कच्चा पदार्थको रूपमा प्रयोग हुने चुनढुङ्गा पनि धादिङको जोगिमाराबाट पुर्‍याउनुपर्छ। उद्योग परिसर वरपर चुनढुङ्गा खानी छैन। “हेटौंडामा सिमेन्ट उद्योग खोल्ने निर्णय नै गलत थियो”, सिंह भन्छन्, “हेटौंडामा सिमेन्ट उद्योग चलाएर नाफा कमाउन साह्रै कठिन काम हो। उद्योग नजिक खानी नै छैन।”

सिमेन्ट उद्योगलाई आधुनिक प्रविधिमा स्तरोन्नतिका लागि उद्योग मन्त्रालयसँग छलफल भइरहेको सिंहले जानकारी दिए। “उद्योग जोगाउनुपर्छ भन्ने विषयमा उद्योगमन्त्री स्पष्ट हुनुहुन्छ। नयाँ प्रविधिमा जाँदा कति खर्च लाग्छ अध्ययन गरेर प्रतिवेदन ल्याउनुस् भन्नुभएको छ। १०-१५ दिनपछि विस्तृत प्रतिवेदन मन्त्रालयमा पेश गर्ने तयारीमा छु”, सिंहले भने।

" /> काठमाडौं। ४४ वर्षअघि सरकारको पूर्ण स्वामित्वमा स्थापित हेटौंडा सिमेन्ट उद्योगले केही वर्ष अघिदेखि नाफा कमाउन थालेको थियो।

"> आफ्नै अस्तित्व जोगाउन लडिरहेको ४४ वर्ष पुरानो सिमेन्ट उद्योग : Dekhapadhi
आफ्नै अस्तित्व जोगाउन लडिरहेको ४४ वर्ष पुरानो सिमेन्ट उद्योग

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्