सिसडोलमा बन्ला त फोहोरमाथि बाटो ?
काठमाडौं। सरकारले सिसडोलमा फालेको फोहोरको उचित व्यवस्थापन नगरेपछि स्थानीयले विरोध गरेका छन्। अहिले उपत्यकाका विभिन्न स्थानबाट फोहोर उठेको छैन। सिसडोलमा दुईवर्ष मात्रै फोहोर फाल्ने सम्झौता गरेको सरकारले १४ वर्ष पुगिसक्दासमेत फोहोर फाल्न नरोकिएपछि स्थानीयले विरोध गरेका हुन्। फोहोरबाट निस्कने पानी खोलामा मिसिने भएकाले खोलाको पानी प्रयोग गर्नुपर्दा विभिन्न रोगहरुको संक्रमणको जोमिम बढेको स्थानीयको गुनासो छ।
प्रतिक्रिया दिनुहोस्