मधेशमा छिट्टै कब्जा जमाउँछौं, माओवादी पहिलो पार्टी नभइ देश बन्दैनः प्रचण्ड
काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो पार्टीले मधेसमा कब्जा जमाउने दावी गरेका छन्। सर्लाही–काठमाडौं सम्पर्क समितिले काठमाडौंमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘मधेसमा अरु पार्टीले होइन माओवादीले कब्जा जमाउनेछ। यसले मधेस र देशमा पनि बलियो सन्देश जानेछ ।’ माओवादी पहिलो पार्टी नभइ देश नबन्ने प्रचण्डको जिकिर थियो।
प्रतिक्रिया दिनुहोस्