छुटाउनै नहुँने आजका मुख्य १३ खबर
काठमाडौं। माओवादी केन्द्रले मधेसमा छिट्टै कब्जा जमाउने अध्यक्ष प्रचण्डले दावी गरेका छन्। मन्त्रिमण्डललाई चाँडै पूर्णता दिने सत्तारुढ गठबन्धनको बैठकले निर्णय गरेको छ। पार्टी विभाजनको पक्षमा नलाग्न जनप्रतिनिधिहरुलाई नेकपा एमालेले निर्देशन दिएको छ। कांग्रेसको महामन्त्री पदमा उम्मेदवारी दिने नेता गगन थापाले औपचारिक घोषणा गरेका छन्। भदौ २० देखि सवारी लाइसेन्सको परीक्षा, आफ्नै सवारीसाधनले ट्रायल दिन पाइने भएको छ।
प्रतिक्रिया दिनुहोस्