गुमनाम गायिका, स्वरले राख्यो नयाँ रेकर्ड
काठमाडौं। गायिका विष्णु माझीको स्वरमा सार्वजनिक गीत ‘चरी जेलैमा’ले १३ दिनमा युट्युबमा १ करोड भ्यूज पाएर रेकर्ड राखेको छ। योसँगै प्रकाश सपूत र अस्मिता अधिकारीको गीतले १५ दिनमा १ करोड भ्यूज पाएको रेकर्ड तोडिएको छ। गीत सार्वजनिक भएसँगै पुनः उनको अवस्थाको बारेमा चर्चा शुरु भएको छ। कतिपयले ‘चरी जेलैमा’ गीत उनकै यथार्थता त होइन भनेर प्रश्न गरीरहेका छन्।
प्रतिक्रिया दिनुहोस्