भदौ १८ गतेबाट नेपाली काँग्रेसको १४ औँ महाधिवेशनको प्रक्रिया शुरु
काठमाडौं। भदौ १८ देखि नेपाली काँग्रेसको महाधिवेशन विधिवत रुपमा शुरु हुने प्रवक्ता विश्वप्रकाश शर्माले बताए। अन्य पार्टीमा केन्द्रीय अधिवेशनलाई मात्रै महाधिवेशनको उद्घाटन मानिने भएपनि काँग्रेसमा भने वडाअधिवेशन प्रारम्भदेखि नै महाधिवेशन शुरु भएको मानिने शर्माले बताए। उम्मेदवारले मत माग्दा सामाजिक दूरी कायम राख्दै अनिवार्य माक्स लगाउनुपर्ने शर्माले स्पष्ट पारे।
प्रतिक्रिया दिनुहोस्