अनुगमन तथा मुल्यांकनको नयाँ मापदण्ड
काठमाडौं। राष्ट्रिय सभा अन्र्तगतको विधायन व्यवस्थापन समितिले अनुगमन तथा मुल्यांकन विधेयक, २०७६ पारित गरेको छ । समितिको बुधबार बसेको बैठकले सर्वसम्मत् पास गरेको हो । सो विधेयकले विकास निर्माणका कामका नीति तथा योजना बनाउन, योजनालाई कार्यान्वयन गर्न तथा जवाफदेही बनाउन तथा सम्बन्धित निकायलाई जवाफदेहिता र उत्तरदायित्व बहन गर्न भुमिका खेल्ने समिति सभापति परशु राम मेघी गुरुङले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्