केपी ओलीको प्रश्नः कसलाई खुसी पार्न चीनसँग सीमा विवाद देखाएको ?
काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चीनसँग कुनै सीमा विवाद नभएको बताएका छन्। हुँदै नभएको सीमा विवादका लागि समिति गठन गरेर कसलाई खुसी पार्न खोजेको भन्दै उनले सरकारसँग प्रश्न गरेका छन्। शनिवार एमालेको काठमाडौं महानगर कमिटीको भेलालाई सम्बोधन गर्दै ओलीले चीनसँग सीमा विवाद भएको ठाउँ देखाउन सरकारलाई चुनौती दिए।
प्रतिक्रिया दिनुहोस्