किर्तिपुर जादै हुनुहुन्छ?
काठमाडौं । कीर्तिपुर नगरपालिकाले ‘मास्कविना प्रवेश निषेध’ अभियान शुरु भएको छ। कोरोना भाइरसबाट बच्नका लागि सबै नागरिकलाई मास्क अनिवार्य लगाउन जनचेतना जगाउने उद्देश्यले यो अभियान शुरु गरेको नगरपालिकाले जनाएको छ। आइतबार उक्त अभियानको शुभारम्भ गर्दै मेयर रमेश महर्जनले सबै नागरिकलाई कोरोना संक्रमणबाट बचाउन अनिवार्य रुपमा मास्क लगाउन सचेतना जगाउन अभियान शुरु गरिएको बताए ।
प्रतिक्रिया दिनुहोस्